नेताको फोटो बिगारेर वा जोडेर सामाजिक सञ्जालमा राखे जेल सजाय

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, ५ फागुन । नेताहरुको तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेलाई जेल सजाय हुन सक्ने भएके छ ।

विहीबार संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक पास गरेको छ । जसमा तस्वीर विगारेर तथा अर्को तस्वीरसँग जोडेर विकृत बनाउनेलाई अपराध मानिएको छ । यस्तै उक्त कसुरमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुबै सजायँ हुने व्यवस्था विधेयकमा छ ।

कानुन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था नभएपनि उपसमितिले यो प्रावधान थप गरेको हो ।

नयाँ व्यवस्थालाई लिएर केही गुनासाहरु पनि आएका छन्  ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट