मुख्य समाचार
प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, १० फागुन । अघिल्लो समितिले दिएको प्रतिवेदनलाई लत्याउँदै सरकारले नेपाली कामदारका लागि खाडी मुलुकको विकल्प खोज्न फेरि नयाँ समति बनाएको छ । ३ वर्ष अघि डा. हरि लम्सालको नेतृत्वमा नयाँ श्रम गन्तब्य खोजी गर्न भन्दै समिति बनेको थियो । उक्त प्रतिवेदनको बेवास्ता गर्दै श्रम मन्त्री सूर्यमान गुरुङले श्रम राज्यमन्त्री दिलिप खवास गच्छदारको […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, १० फागुन । व्यवस्थापिका संसदको बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ । लामो समयको स्थगनपछि बोलाइएको बैठकमा प्रमुख दलका सचेतकहरुलाई बैठक सुरु हुनुभन्दा एक घण्टा अगाडि बोलाइएको छ । सभामुख ओनसरी घर्तीले एजेण्डाबारे छलफलका लागि बोलाएकी ह’न् । सरकारले चुनावको मिति तोकिसकेपछि अब संशोधन प्रस्तावलाई अघि बढाउने बताइएको छ । सोमबार […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल  काठमाडौं, १० फागुन । नेकपा माओवादी केन्द्रले मधेसी मोर्चालाई संविधान संशोधन प्रस्ताव अघि नबढ्ला कि भन्ने आशंका नगर्न आग्रह गरेको छ । सोमबार वैशाख ३१ मा सरकारले स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ । मधेसी मोर्चाले भने त्यसविरुद्ध दबावमुलक आन्दोलन घोषणा गरेको छ । यस्तैमा सत्तारुढ माओवादीले भने संविधान संशोधनलाई टुंगोमा पुर्याएर […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाए । राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १ सय ३६ मत खसेको थियो, […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, ९ फागुन । मन्त्रिपरिषद्को सोमबार बसेको दोस्रो बैठकले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो । माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् । कांग्रेसबाट ६ राजदूत […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, ९ फागुन । सोमबार सरकारले स्थानीय चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । यस्तै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को महाधिवेशन उदघाटन गर्दै उनले परिवर्तन उल्टाएर देशलाई अराजकतातिर लैजाने र धमिलो पानीमा माछा मार्ने सपना पूरा हुन नदिने बताए । प्रधानमन्त्री दाहालले आगामी कात्तिकरमंसिरमा प्रदेश र केन्द्रको चुनाव […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, ९ फागुन । सोमबार अपरान्ह १३ देशमा राजदूत नियुक्तिका लागि दोस्रो पटक मन्त्रिपरिषद बैठक बस्ने भएको छ । सत्तारुढ दलहरुबीच भागबण्डा मिलेकाले सकभर सोमबार नै  १३ देशका लागि राजदूत सिफारिस हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । कतार, साउदी अरब, जापान, डेनमार्क, अष्ट्रेलिया इजरायल, बहराइन, दक्षिण कोरिया, रुस, श्रीलंका, बंगलादेश, म्यान्मार र ओमानमा […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल सिन्धुली, ९ फागुन । आइतबार रातिदेखि राजधानीबाट पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गतको सिन्धुली-बर्दिबास सडक अवरुद्ध भएको छ । स्थानीय प्रहरीका अनुसार करिब ३० मिटर सडक भत्किएर सुनकोशी नदीमा खसेको हो । भिरानो बाटो भत्किएपछि यो बाटो अवरुद्ध भएको छ । भीरको बाटो भत्किएकाले तत्कालै सडक खोल्न नसकिने प्रहरीको भनाइ छ । आइतबार […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौं, ९ फागुन । काठमाडौं -निजगढ फास्ट ट्रयाक नेपाल सरकार आफैंले बनाउनु पर्ने सरकारी कार्यदलले सुझाव दिएका छन् । सोमबार विहान राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको कार्यदलले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन । फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरी सुझाव पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको सरकारले गत पुस ७ गते ७ […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

काठमाडौं, ९ फागुन । नेपाल आयल निगमले युरो–४ मापदण्डको इन्धन भित्र्याउने तयारी गरेको छ । निगमको योजना सफल भएमा नेपालमा अगामी चैत १९ गतेबाट युरो–फोर मापदण्डको डिजेल–पेट्रोलको बिक्री-वितरण सुरु हुने छ । भारतले आफ्नो देशमा अप्रिलबाट पूर्णरुपमा युरो–फोरको तेल बिक्री सुरु गर्दैछ । युरो–फोर मापदण्डको तेल हालको भन्दा खासै महँगो नपर्ने बताइएको छ । अहिले […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (सोमबार) निर्वाचन हुँदै छ । आइतबारबाट निर्वाचन प्रक्रिया सुरु भएको भए पनि त्यसअघिदेखि नै उम्मेदवारहरु भोट माग्न व्यस्त देखिन्थे । राप्रपाको आजको निर्वाचनले एक अध्यक्ष र ९८ केन्द्रीय सदस्य चुन्ने छ । अध्यक्षलाई सर्वसम्मत बनाउने प्रयास असफल भएपछि निर्वाचन गर्न लागिएको राप्रपाले […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौँ, ८ फागुन । नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले पूरक निवेदनका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधबारसम्म अल्पकालीन अन्तरिम आदेश जारी रहने अदालतका सहप्रवक्ता […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, ८ फागुन । देशको विकास गर्ने हो भने फास्ट ट्रयाक निर्माणमा ढिलाइ नगर्न पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । इन्भेष्टमेन्ट समिटमा सम्बोधन गर्दा पाण्डेले फास्ट ट्रयाक निर्माण ढिलाइ हुँदा विकासको बाटो पनि प्रभावित भएको बताए । पाण्डेले भने – ‘हामीले धेरैभन्दा धेरै आयोजनालाई प्राथमिकता राख्यौं तर काम गर्न सकेनौं, त्यसैले साँच्चै […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, ८ फागुन । प्रदीप विक्रम राणाले राप्रपा महाधिवेशनमा कमल थापाविरुद्ध उम्मेदवारी दर्ता गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर उनी आफै उम्मेदवारी दर्ता गराएका हुन । राणाको उम्मेदवारी दर्ता नम्बर २७ हो । उनी काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रिय अध्यक्ष हुन ।


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल भैरहवा, ८ फागुन । प्रहरी चौकी वडवलियामा स्थानियहरुले  ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ । रुपन्देहीको दक्षिणी मर्चवारको क्षेत्रको स्थानियहरुले  ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको हो । लुम्बिनी अञ्चल प्रहरीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको थियो । झडपको क्रममा […]



 

 

 

 

 

 

 


ताजा अपडेट