मुख्य समाचार
प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरणमा पटक–पटक समस्या आएको छ । सोमबार राातिदेखि परेको झरीले विमानस्थलको उडान तथा अवतरण रोकिएको छ । काठमाडौंमा निरन्तरको वर्षाले मौसम बिग्रिएपछि हवाई सेवा प्रभावित भएको हो । विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी नपुगेपछि मंगलबार दिउँसो सवा दुई बजेदेखि आन्तरिक तथा बाह्य उडान तथा अवतरण रोकिएको हो । विमानस्थलमा […]


प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मकै विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। कतिपय ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेकाले नदी र खोलाहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। […]


प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

भक्तपुर । नेकपाका युवा नेता तथा सांसद् महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि आफै टोलटोलमा पुग्ने गरेका छन् । कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले आज मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका ६ सामुदायिक संस्थालाई डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरेको थियो । ‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ संचालन […]


प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

काठमाडौं । नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादलाई निमोठ्न खोज्नेका विरुद्ध सतर्क र सचेत भएर प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । हजारौँ नेपाली छोराछोरीको बलीदानबाट प्राप्त उपलब्धीलाई चौतर्फी घेराबन्दीको प्रयास भइरहेको बताउँदै प्रचण्डले चारैतिरबाट घेरिएको अवस्थामा पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र अनुशासन आवश्यक रहेको बताए । काठमाडौंमा सोमबार भएको कार्यक्रमलाइ सम्बोधन गर्दै […]


प्रकाशित मिति: २९ भाद्र २०७६, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकविहीन बालकालिकाको अभिभावकत्व राज्यले लिने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको जानकारी दिए । बालबालिकाका विरुद्धमा हुने […]


प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । सक्नेले यस […]


प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल र […]


प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिएको छ । परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले दल दर्ताका लागि बिहीबार बिहान आयोगमा निवेदन दर्ता गराएका हुन् । नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो । […]


प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । पानी पार्ने प्रणाली न्यून चापीय रेखा मध्य भारतबाट नेपालतर्फ सर्दै आएकाले नेपालमा पानी पर्ने क्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला देशभरी आंशिक देखि सामान्य बदली हुनुका साथै केही स्थानमा सामान्य वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले देशका केही भागमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने, पहाडि […]


प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

काठमाडौं । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसदहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद् मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिँडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरेर भए पनि अपराधीलाई फाँसीको सजायको […]


प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामावलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि निर्वाचन सञ्चालन हुने सम्बन्धित वडाका मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो […]


प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार

काठमाडौं । एनसेल कर प्रकरणबारे न्यायालयले गरेको फैसला क्षेत्राधिकार बाहिरको भएको भन्दै स्पष्ट छानबिन हुनुपर्ने सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद् यज्ञराज सुनुवार र मोहन बानियाले न्यायालयले गरेको आदेशको छानबिन गर्नुपर्ने माग गरेका हुन् । सांसद् यज्ञराज सुनुवारले विगतमा राज्यको गलत नीतिका कारण देश गरिब र व्यक्ति धनी बनेको […]


प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार

अमलेखगञ्ज । नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट स्विच थिचेर संयुक्त रूपमा पाइपलाइनको उद्घाटन गरेका हुन् । मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे भने ओलीले स्वीच थिचेर रिसिभ गरेका हुन् । यसरी रिसिभ भएको डिजल अमलेखगञ्जमा नेपाल निगमका कार्यकारी निर्देशकले भाँडो […]


प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार

अमलेखगञ्ज । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आज उद्घाटन गर्ने भएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबादबाट ‘भिडियो कन्फ्ररेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ […]


प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

काठमाडौं । केही समय अगाडिसम्म सरकारमा ओलोपालोको सहमति भएको र अब आफू प्रधानमन्त्री बन्ने बताउँदै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुको विकल्प नभएको बताएका छन्। सोमबार पार्टी मुख्यालयमा आयोजित २१औँ सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो पूर्ववत भनाइबाट पछाडि हट्दै ओली नेतृत्वकै सरकारलाई बलियो बनाउनु पर्ने बताएका हुन्। प्रचण्डले […]



 

 

 

 


ताजा अपडेट