मन्त्रालयले सुविधा सम्पन्न एम्बुलेन्स भित्र्याउने

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, ५ फागुन । स्वास्थ्य मन्त्रालयले अब सुविधा सम्पन्न एम्बुलेन्स भित्र्याउने भएको छ । मन्त्रालयले सुविधा सम्पन्न एम्बुलेन्स र सुविधा अनुसार वर्गीकरण गरेर एउटै सञ्जालमा राख्ने प्रयास थालेको हो ।

यसका लागि ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका-२०७३’ को मस्यौदा बनेको छ । सो मस्यौदा अहिले राय सुझावका लागि अर्थ र गृह हुँदै कानुन मन्त्रालय पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कानुन मन्त्रालयको सहमति पाउनासाथ मन्त्रिपरिषद बैठकमा पेश गर्ने तयारी भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट