साझा यातायात अब राति पनि चल्ने

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौं, ४ फागुन । साझा यातायातले मंगलबार रातिदेखि रात्रिकालीन बस सेवा थालेको छ । रातिको समयमा यात्रुहरुलाई पर्ने गरेको अप्ठेरोलाई ध्यानमा राखेर साझाले ५ वटा रुटमा राति साढे ८ देखि ११ बजेसम्म रात्रीकालीन सेवा सुरु गरेको हो ।

साझा यातायातका अनुसार अस्पतालका कुरुवा, ढिलासम्म काममा रहने कामदार तथा बसपार्कमा राति आइपुग्ने यात्रुलाई लक्षित गरेर ५ वटा रुटमा सेवा थालिएको छ । साझाले पाटन अस्पतालबाट छुट्ने बस त्रिपुरेश्वर आँखा अस्पताल हुँदै बीर अस्पताल, त्रिबि टिचिङ अस्पताल, गंगालाल हृदयरोग केन्द्र हुँदै न्युरो अस्पतालसम्म पुग्नेछ र सोही रुट भएर फर्किने छ ।

यसैगरी साझाले न्युरोडगेटबाट नयाँ बनेश्वर कोटेश्वर रुटमा पनि अर्को बस चलाउनेछ । साढे ११ बजेसम्म यो रुटमा साझा बस आउ-जाउ गर्नेछ । यसैगरी न्युरोडगेटबाटै सिंहदरबार-बानेशर तीनकुनेहुँदै एयरपोर्ट, गौशाला चाबहिल हुँदै जोरपाटी पुग्नेछ र त्यही बाटो भएर फर्किने छ ।

यसैगरी न्यरोडगेटबाटै त्रिपुरेश्वर-कालीमाटी-कलंकी रुटमा पनि राति ११ बसेजम्म सझाले सेवा दिने छ । बायुसेवा निगम अगाडिबाटै ठमेल, सोह्रखुटे, नयाँ बसपार्कसम्म अर्को बस चल्ने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट