प्रेम दिवसको अवसरमा सगरमाथा पुगे एक दम्पती

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

सोलुखुम्बु, ४ फागुन । स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसमको वास्तै नगरि सगरमाथाको शिखर चुमेका छन् ।

मङ्गलबर प्रेम दिवसका अवसरमा श्रीमान/श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथाको शिखर पुगेका हुन् । सँगै सगरमाथा आरोहणमा गएका भए पनि श्रीमती कार्लोस भने सगरमाथाको तेस्रो शिविरमा पुगेपछि बिरामी परेर फर्केकी थिइन् ।

सेभेन समिटका प्रबन्धक निमेष कार्कीका अनुसार भारी हिमपात र अत्यधिक चिसो हुने भएकाले यस्तो समयमा सगरमाथा आरोहण गर्नु खतरनाक मानिन्छ । तर यही समयमा साहसिक काम गर्ने भन्दै स्पेनिस जोडी सेभेन समिट एजेन्सीमार्फत अरोहणमा गएका हुन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट