आजबाट राप्रपाको एकता महाधिवेशन सुरु

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

काठमाडौं, ६ फागुन । आजबाट काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भृकुटी मण्डपमा राप्रपा अध्यक्ष कमल थापाले दिउँसो १ बजे गर्नेछन् ।

राप्रपाका अनुसार महाधिवेशनमा एक लाखभन्दा बढी जनसहभागिता रहने छ । राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा देशभरबाट तीन हजार चार सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।

पार्टीका विभिन्न जनवर्गीय संगठनले काठमाडौँका ५४ स्थानबाट पदयात्रा गरीने छ । उक्त पदयात्रामा विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा र झाँकीसहित गरी समारोहस्थल भृकुटीमण्डप पुग्ने बताइएको छ ।

राप्रपाका अनुसार महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रमुखसँगै कुटनीतिक नियोगका पदाधिकारीहरुको सहभागिता रहने छ ।
महाधिवेशनबाट एक सय ६१ केन्दीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन हुनेछ ।

शनिबारदेखि बन्दसत्र सुरु हुने जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट