कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

रौतहट, ४ फागुन  । जिल्लाका तीनवटै नगरपालिका, जिल्ला विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी आन्दोलनमा उत्रिदा सेवाग्राहीको बिचल्ली भएको छ । रौतहटका रात्रिबस व्यवसायी संघले समेत सेवा ठप्प पार्दा यात्रुहरु मर्कामा परेका छन् ।

रौतहटसँगै गौर, गरुडा र चन्द्रपुर नगरपालिकाका कर्मचारीहरुले स्थानिय तहमा कर्मचारी व्यवस्थापन र समायोजन गर्दा जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् । त्यसपछि मात्रै नपुग जनशक्ति निजामती सेवाबाट खटाउनु पर्ने उनीहरुको माग छ । ति कर्मचारीहरुले कामकाज ठप्प पार्दै कार्यालय प्रमुखलाई कार्यकक्षमा प्रवेश गर्न दिएका छैनन् ।

संविधानतः बन्ने नयाँ संरचनाहरुमा स्थानिय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई उचित व्यवस्थापनको मागसहित स्थानिय निकाय टे्रड युनियन संयुक्त समन्वय समितिले सोमवारदेखि नै स्थानिय निकायको कामकाज बन्द गरेका हुन् । सरकारले आफूहरुको मांग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुको अडान छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट