नेपालमा महिला यौनकर्मीको संख्या बढ्दो

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, ५ फागुन । एक अध्ययनका अनुसार नेपालमा छ वर्षको अवधिमा महिला यौनकर्मीहरुको संख्या दोब्बर भएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुका अनुसार सन् २०१० मा नेपालमा महिला यौनकर्मीहरुको संख्या करिब २८ हजारको हाराहारीमा थियो । तर, सन् २०१६ सम्ममा आइपुग्दा उक्त संख्या बढेर झण्डै ५३ हजार पुगेको जनाएको छ ।

राष्ट्रिय सञ्जालहरु र अन्य साझेदार निकायको सहयोगमा इन्ट्ररपीड नेपालले चार महिना लगाएर अध्ययन गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट