वैशाखभित्रै स्थानीय निर्वाचन हुने

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

पाँचथर, ४ फागुन । तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताए ।

बुधबार पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को उद्घाटन गर्दै उनले भने, ‘आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)काअध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्ने छौँ ।’

अब संविधान आइसकेको हुँदा मुलक समृद्धितर्फ लम्कने उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट