नेपाल एयरलाइन्समाथि इयूले लगाएको प्रतिवन्ध हटाउन माग

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

बार्सिलोना, ५ फागुन । ब्रसेल्समा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युरोपियन कमिसनका अध्यक्ष जीन क्लाउड जुकरसँग भेटेका छन् । भेटका अवसरमा नेपालको विकास प्रयासमा यूरोपियन यूनियनले गरेको सहयोगको परराष्ट्रमन्त्री डा. महतले प्रशंसा गरेका थिए ।

पूर्वाधार निर्माण र सीप विकासको क्षेत्रमा सहायता बढाउन डा. महतले आग्रह गरेको यूरोपियन यूनियनको नेपाल मिसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले भुकम्पपछिको पुननिर्माणका लागि पनि थप सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाललाई सहयोग जारी रहने प्रतिवद्धता जनाउदै आग्रह गरिएका क्षेत्रमा सहायता तथा समन्वय वृद्धिका लागि इयुले विचार गर्ने युरोपियन कमिसनका अध्यक्ष जुकरले बताए ।

नेपाली एयरलाइन्समाथि इयूले लगाएको प्रतिवन्ध हटाउन परराष्ट्रमन्त्री महतले अनुरोध गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट