तीन निर्वाचन आयुक्त नियुक्त

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

काठमाडौं, ५ फागुन । तीन निर्वाचन आयुक्त नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । राष्ट्रपति विद्या भण्डारीले संबैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि आयुक्तहरु नियुक्त गरेकी हुन् ।

आयुक्तहरुमा पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह नियुक्ति गरिएको हो । विहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा उनीहरुको सपथ लिएका हुन ।

त्यसलगत्तै जमलस्थित बहादुर भवनमा पुगेर पदभार ग्रहण गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट