सरकारसँग टेलिकमको धरहरा पुनःनिर्माण प्रस्ताव

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौं, ४ फागुन । नेपाल टेलिकमले  सरकारसँग  भुकम्पले भत्किएको धरहराको पुनःनिर्माणको प्रस्थाव पेस गरेको छ । नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा भूकम्पले भत्किएको धरहराको पुनःनिर्माण गर्ने भएको हो ।

गत वर्षको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको र करिब ४२ रोपनी क्षेत्रफलमा पुनःनिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जनाइएबमे छ ।

करिब रु चार अर्बको लगानीमा धरहरा पुनःनिर्माण हुनेछ । जसमध्ये जनताबाट रु ११ करोड संक्कलन गर्ने र बाँकी रकम टेलिकम आफैँले थप गर्ने छ ।

टेलिकमले धरहरा पुनःनिर्माण भइसकेपछि कम्तीमा ३० वर्ष आफ्नै स्वामित्वमा हुनुपर्ने र निर्माण गर्दा लागेको लगानी उठेपछि मात्र सरकारलाई धरहरा हस्तान्तरण गर्ने प्रस्ताव पनि अघि सारेको छ । सो प्रस्ताव सरकारले स्वीकार नगरे पुनःनिर्माणको जिम्मा नलिने पनि टेलिकमले स्पष्ट पारेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट