मुख्य समाचार
प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

काठमाडौं, १० वैशाख । संघीय प्रणालीअनुसार नेपाल प्रहरीको संरचना तयार गर्न गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार गरेको छ । गृहले तयार गरेको मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी) को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी) र प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) राख्ने प्रस्ताव गरिएको छ । गृह मन्त्रालयकी सहसचिव निर्मला अधिकारी भट्टराई संयोजकत्वको समितिले […]


प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

काठमाडौं, ८ वैशाख ।  नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण प्रक्रिया अघि बढाउन तीन सदस्यीय संयोजन समिति गठन गरिएको छ । संघीय समाजवादीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका तर्फबाट संयोजक डा. बाबुराम भट्टराई र संसदीय दलका नेता अशोक राई संयोजना समितिमा रहेका छन् । सरकारसँग संघीय […]


प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

बनेपा, ८ वैशाख । नजिकिँदै गरेको स्थानीय तह निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता नहुने गृहसचिव लोकदर्शन रेग्मीले बताएका छन् । शुक्रबारदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहसचिव रेग्मीले कानुनी अडचन बाहेकका सबै मापदण्ड अपनाएर सुरक्षा फौज परिचालन गरिने बताए । ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको […]


प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

काठमाडौं, ८ वैशाख । बालुवाटारस्थित प्रधानमन्त्रीेको सरकारी निवासमा सत्ता साझेदार दल र मधेश केन्द्रित दलबीच वार्ता भइरहेको छ । स्थानीय तह निर्वाचन र संविधान संशोधनका विषयमा प्रधानमन्त्री सहित कंग्रेस, माओवादी केन्द्र र मोर्चाका शिर्षस्थ नेताबीच छलफल शुरु भएको हो । आफुहरुको माग परिमार्जन सहितको संविधान संशोधन रहेको भन्दै मधेशी मोर्चाका नेताले आज सोही विषयमा अडान […]


प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

चितवन, ८ वैशाख ।  वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरेरमात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले बताएका छन् । उनले संविधान कार्यान्वयन, उपलब्धिको रक्षा, विकास निर्माण, भ्रष्टाचार रोक्न जुनसुकै नाम दिए पनि यो निर्वाचनले पुरानो प्रतिक्रियावादी सत्ताको सुद्धिढीकरण मात्रै हुने भएकाले आफूहरुले विरोध गरेको आज सो पार्टीको ताम्सालिङ् ब्यूरोले आयोजना […]


प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

काठमाडौं, ८ वैशाख । पाँचदिने भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार साँझ साढे सात बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ । ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै यही वैशाख ४ गते राष्ट्रपति भन्डारी भारत भ्रमणमा गएकी थिइन् । राष्ट्रपति भण्डारीले भारत भ्रमणका  क्रममा भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेकी थिइन् […]


प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौँ, ७ वैशाख । सप्तरी शाखाका असन्तुष्ट सदस्यको माग सम्बोधन भएपछि नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला आज खोलिएको छ । महासङ्घका महासचिव उजिर मगरले वैशाख २० गते अधिवेशन गर्ने, अघिल्लो अधिवेशनमा सहभागी भएका सबैको नवीकरण गर्ने सहमति भएपछि ताला खुलाइएको जानकारी दिए । यसैगरी प्रकाश खतिवडाको अध्यक्षतामा बनेको कार्यसमितिले नयाँ सदस्यका लागि पुनःआह्वान […]


प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पाँच दलबीच बिहीबार औपचारिक रुपमा पार्टी एकता भएको छ । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीबीच एकीकरण भएको हो । डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा एकीकरणको […]


प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, ७ बैशाख । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रको युवा संगठन वाइसिएलले ‘एक बुथ, सय युथ’ को रणनीति बनाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वाइसिएलले हरेक बुथमा सयजना युवालाई परिचालन गर्ने निर्णय गरेको हो । निर्वाचन स्थल, मतदाता तथा उम्मेदवारको सुरक्षालाई ध्यान दिँदै ‘एक बुथ, सय युथ’ परिचालन गरिने वाइसिएलका संगठन […]


प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, ७ वैशाख । संयुक्त लोकतानित्रक मधेसी मोर्चाले स्थानीय तह चुनाव अस्वीकार गर्दै नेपाल बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै राजधानीका पेट्रोल पम्पहरुमा लाइन देखिन थालेको छ । उपभोक्ताले तेल स्टक राख्न थालेका कारण पेट्रोलको माग एकाएक दोब्बर भएको छ । नेपाल आयल निगमका अनुसार मोर्चाको आन्दोलन घोषणापछि पेट्रोलको माग ७ लाख लिटर पुगेको छ । […]


प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

पर्वत, ७ वैशाख । कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित जनएकता प्राथमिक विद्यालयमा १ कार्यालय सहयोगीसहित ५ शिक्षकको दरबन्दी रहेको छ । कक्षा ३ सम्म आधारभूत प्राविको पढाइ हुने उक्त विद्यालयमा चालु शैक्षिकसत्रमा ११ विद्यार्थी भर्ना भए पनि अहिले ५ जना मात्र नियमित आउने गरेका छन् । स्थानीयवासी दिनप्रतिदिन बसाइँ सर्ने क्रम बढेपछि विद्यार्थीको संख्या घटेको हो । […]


प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, ७ वैशाख । कर्मचारी समायोजन विधेयक समितिले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई ३५ दिनभित्र जागिरबाट बर्खास्त गर्ने र दुई वर्षसम्म खुला वा बढुवाबाट पदपूर्ति नगर्ने व्यवस्थासहितको विधेयक पारित गरेको छ । आइतबार समितिको बैठकले विधेयक पारित गरेको हो । समितिले विधेयक व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय गरेको छ । आकर्षक र सुगम ठाउँमा कर्मचारीको […]


प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, ७ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ७ मध्ये ५ दलबीच एकता भएको छ । स्रोतका अनुसार आजै दिउँसो राजधानीमा एकताको घोषणा गरिनेछ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता भएको हो । महन्थ ठाकुर अध्यक्ष रहने नयाँ पार्टीको […]


प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

काठमाडौँ, ६ वैशाख । अनुगमनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक जनशक्ति बढाइनुपर्ने र पुँजीगत खर्च वृद्धि गर्न  विकास निर्माणको काम गुणस्तरीय बनाउने तर्फ जोड दिइएको छ । हाल ११३ जना कर्मचारी केन्द्रमा कार्यरत रहेका र प्राविधिक परीक्षणका काम गर्न त्यसमा प्राविधिकको सङ्ख्या कम भएकाले अप्ठ्यारो परेकोे केन्द्रको भनाइ छ । केन्द्रलाई रु ४० करोडभन्दा माथिका आयोजना […]


प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

काठमाडौं, ६ वैशाख । राष्ट्रगानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) काठमाडौं महानगरपालिकाका विकासदूत बनेका छन् । काठमाडौं महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ र सफा बनाउने अभियानका लागि माइलालाई विकासदूत बनाइएको हो । माइला र काठमाडौं महानगरपालिकाबीच एक वर्षका लागि यस्तो सम्झौता भएको हो । सम्झौतापत्रमा माइला र महानगरबीच हस्ताक्षर भइसकेको छ । सम्झौताअनुसार सम्मानस्वरुप माइलाले मासिक […]



 

 

 

 

 

 

 


ताजा अपडेट