चुनावमा वाइसिएलको रणनीति ‘एक बुथ, सय युथ’

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, ७ बैशाख । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रको युवा संगठन वाइसिएलले ‘एक बुथ, सय युथ’ को रणनीति बनाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वाइसिएलले हरेक बुथमा सयजना युवालाई परिचालन गर्ने निर्णय गरेको हो ।

निर्वाचन स्थल, मतदाता तथा उम्मेदवारको सुरक्षालाई ध्यान दिँदै ‘एक बुथ, सय युथ’ परिचालन गरिने वाइसिएलका संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

दिपशिखाकै नेतृत्वमा १५ सय ५५ सदस्यीय युवा परिचालन समितिसमेत गठन गरिएको छ । ‘गाउँ–गाउँमा सरकार, घर–घरमा रोजगार’को नारासहित वाइसिएल चुनावमा होमिएको छ । वाइसिएलले १३ बैशाखमा ७५ वटै जिल्लामा चुनाव प्रचारलाई ध्यान दिँदै आ–आफ्नो सापेक्षतामा ‘युवा मार्चपास’ गर्ने निर्णय गरेको छ ।

यसैबीच ९, १० र ११ वैशाखमा गर्ने भनिएको वाइसिएलको एकता सम्मेलन चुनाबपछि १५, १६ र १७ जेठमा काठमाडौंमा गर्ने निर्णय वाइसिएलले गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट