सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता नहुने : गृहसचिव

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

बनेपा, ८ वैशाख । नजिकिँदै गरेको स्थानीय तह निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता नहुने गृहसचिव लोकदर्शन रेग्मीले बताएका छन् ।

शुक्रबारदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहसचिव रेग्मीले कानुनी अडचन बाहेकका सबै मापदण्ड अपनाएर सुरक्षा फौज परिचालन गरिने बताए ।

११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको उक्त गोष्ठीमा सुरक्षा प्रबन्ध मिलाउन, निर्वाचनमा राजनीतिक प्रक्रियालाई सहजीकरण गर्न तथा कानुनी व्यवस्थालाई फितलो हुन नदिन र आफ्नो कार्यभार पूरा गर्न सहभागी सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइएको छ ।

३१ वैशाखमा हुने स्थानीय तह निर्वाचान गर्नका लागि सुरक्षा खाका प्रस्तुत गरिसकेको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए ।

सुरक्षा प्रणालीलाई तल्लो तहमा पु¥याउन आवश्यक रहेको बताउँदै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले भयरहित र त्रुटिरहित निरर्वाचन सुरक्षा निकायका लागि चुनौतीपूर्ण भएको बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट