मुख्य समाचार
प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा अनुगमन थालेको छ । विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी काम नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा केन्द्रीय अनुगमन समितिले मन्त्रालयहरूको कामबारे अनुगमन थालेको हो । प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरू र मातहतका निकाय तथा परियोजनाले जिम्मेवारीपूर्वक काम नगरेको भन्दै नियमित अनुगमन गर्न प्रधानमन्त्री कार्यालयका सचिव […]


प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

काठमाडौं, १५ वैशाख । म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै गृह मन्त्रालयले कडा निगरानी गर्न थालेको छ । गृहमन्त्रालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको हुन सक्ने आशंका गर्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालेको हो । म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको […]


प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

लमजुङ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा लमजुङका क्रियाशील पत्रकार पनि आकांक्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकारहरु आकांक्षी देखिएका हुन् । प्रेस युनियनका पूर्वगण्डकी अञ्चल संयोजक एवं लमजुङ आवाज साप्ताहिकका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाको वडा नं ८ बाट अध्यक्षका लागि कांग्रेस पार्टीमा उम्मेदवारी दिएका […]


प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार

काठमाडौं, १४ वैशाख । आसन्न स्थानीय तह चुनावमा नेपाली सेना परिचालनका लागि राष्ट्रपति विद्या भण्डारीले स्वीकृति दिएकी छन् । संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनका लागि राष्ट्रपति भण्डारीले स्वीकृति दिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । सरकारले २९ चैतमा सुरक्षा परिषद्को निर्णयअनुसार सेना परिचालनका लागि सिफारिस गरेको थियो । स्थानीय तहको […]


प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार

काठमाडौं, १४ वैशाख । सरकार र मधेसी मोर्चा प्रमुख विपक्षी दल एमालेको सहमतिमा स्थानीय तहको संख्या बढाउन सहमत भएका छन् । एमालेले लगातार संसद अबरुद्ध गरेपछि सरकारले स्थानीय तहको संख्या पुनरावलोकनका लागि ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिएको थियो । स्थानीय तहको संख्या बढाउने आफूहरुसँगको सहमति तोडिएको मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टी नेपालको आशंका […]


प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार

गोरखा, १४ वैशाख । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत स्थानीय तहको निर्वाचनका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ । गोरखा नगरपालिकाको प्रमुखमा अमृत राना, पालुङटार नगरपालिकाको प्रमुखमा भूमिनारायण मल्ल, अजिरकोट गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली उम्मेदवार बन्ने टुंगो लगाएको छ […]


प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार

काठमाडौं, १४ बैशाख । सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र गर्दा एमालेले बिच्किएर संसद अवरोध गरेको थियो । सरकारले सो फिर्ता लिएपछि अब मधेसी दल भड्किएका छन् । आफूहरुले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन बहिष्कार गर्ने चेतावनी मधेसी दलले दिएका छन् । सरकारले २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा नयाँ […]


प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । तराईका ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने विषयलाई लिएर सरकारले गरेको परिपत्रले एमाले आक्रामक बेको छ । उसले उपप्रधान तथा संघीय मामिला मन्त्री कमल थापाको जवाफका बावजुद दोस्रो दिन पनि संसद बैठकमा अवरोध गरेको छ । उता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा […]


प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हिन्दु राष्ट्रको पक्षपाती राप्रपाले गाई मार्नेलाई कडा सजायँ गर्नेखालको कानून बनाउने प्रतिवद्धता जनाएको छ । राप्रपाले गाईको संरक्षणका लागि प्रत्येक गाउँ र नगरपालिकामा गौशालाहरु निर्माण गरिने बताएको छ । बुधबार सार्वजनिक गरिएको राप्रपाको घोषणापत्रमा सबै धर्मका बीचमा समानता र सबै धर्मलाई बराबरीको […]


प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । २३ वर्षपछि नेपालले उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । नेपालले चालु आर्थिक वर्ष ०७३/७४ मा ६.९४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने भएको हो । आव ०५०/५१ पछिको यो उच्च आर्थिक वृद्धि हो । चालु आवको ९ महिनासम्मको यथार्थ तथ्यांकका आधारमा आउँदा ३ महिना सामान्य रहने अनुमानका आधारमा देशको आर्थिक […]


प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । विद्यार्थी संगठनहरुले राजधानीका २६ विद्यालयमा तालाबन्दी गर्ने भएका छन् । कुन–कुन विद्यालयमा तालाबन्दी गरिने भन्नेबारे नखुलाए पनि विद्यार्थी संगठनहरुले सरकारको तोकेको सिलिङ र सर्वोच्च अदालतले दिएको आदेश विपरीत शुल्क बढाएका निजी विद्यालयमा तालाबन्दी गर्न लागेका हुन । कतिपय निजी विद्यालयले सरकारले तोकिदिएको सिलिङभन्दा बढी शुल्क लिएको भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, […]


प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृती दिवसको सम्झनामा एमालेले आज विभिन्न कार्यक्रम गर्दैछ । पार्टीका तत्कालीन अध्यक्ष अधिकारीको स्मृती दिवसको अवसरमा एमालेले ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा अहिले केहीबेरमा स्मृती सभाको आयोजना गर्दैछ । कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीहित अधिकांश शीर्ष नेता सहभागी हुने सो सचिव एवं प्रचार विभाग प्रमुख […]


प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । आप्रवासीहरुलाई निकाला गर्न अस्वीकार गर्ने सहरलाई संघीय अनुदान नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा धक्का लागेको छ । सान फ्रान्सिस्कोस्थित संघीय न्यायाधीश विलियम ओरिकले ट्रम्पको योजनालाई रोकिदिएका हुन् । संघीय अनुदान कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध सान फ्रान्सिस्को र सान्टा म्लोरा काउन्टीले मुद्दा हालेका थिए । त्यसमाथि सुनुवाई गर्दै न्यायाधीश ओरिकले अदालतबाट […]


प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

काठमाडौं, १३ बैशाख । आज मातातीर्थ औँसी । आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । मातातीर्थ औँसी जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । मातातीर्थ औँसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवंगत […]


प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

काठमाडौं, १२ बैशाख । एमाले ७ नम्बर प्रदेश संगठनले ८८ स्थानीय तहमध्ये अधिकांश स्थानमा प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवारको टुंगो लगाएको छ । टीकापुरमा तपेन्द्र रावललाई प्रमुख र उपप्रमुखमा कमला केसीलाई उम्मेदवार बन्ने छन् । त्यस्तै भजनी नगरपालिकामा प्रदीप मल्ल मेयर र मधुमति चौधरी उपमेयर छानिएका छन् । गौरीगंगा नगरपालिकामा भीम देउवालाई मेयर र […]



 

 

 

 

 

 

 


ताजा अपडेट