मधेश केन्द्रित दल र सत्ता साझेदार दलबीच वार्ता हुँदै

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

काठमाडौं, ८ वैशाख । बालुवाटारस्थित प्रधानमन्त्रीेको सरकारी निवासमा सत्ता साझेदार दल र मधेश केन्द्रित दलबीच वार्ता भइरहेको छ ।

स्थानीय तह निर्वाचन र संविधान संशोधनका विषयमा प्रधानमन्त्री सहित कंग्रेस, माओवादी केन्द्र र मोर्चाका शिर्षस्थ नेताबीच छलफल शुरु भएको हो ।

आफुहरुको माग परिमार्जन सहितको संविधान संशोधन रहेको भन्दै मधेशी मोर्चाका नेताले आज सोही विषयमा अडान लिने बताएका छन् । वार्ता सहमतिमा पुर्‍याउन  सरकार लचकताका साथ पेश हुने बताएको छ ।

आज पहिलो पटक मधेसी मोर्चामा रहेका ७ मध्ये ६ वटा दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी बनेपछि  वार्ता हुन लागेको हो । आफ्ना  माग पुरा नभएको भन्दै मधेस केन्द्रित दलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आज मधेसी मोर्चासँग सहमति भए तराई मधेसका जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने सत्तासाझेदार दलको तयारी छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट