पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला खुल्यो

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौँ, ७ वैशाख । सप्तरी शाखाका असन्तुष्ट सदस्यको माग सम्बोधन भएपछि नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला आज खोलिएको छ ।

महासङ्घका महासचिव उजिर मगरले वैशाख २० गते अधिवेशन गर्ने, अघिल्लो अधिवेशनमा सहभागी भएका सबैको नवीकरण गर्ने सहमति भएपछि ताला खुलाइएको जानकारी दिए ।

यसैगरी प्रकाश खतिवडाको अध्यक्षतामा बनेको कार्यसमितिले नयाँ सदस्यका लागि पुनःआह्वान गर्ने सदस्य दिलाउने सहमतिसमेत भएको मगरले जानकारी गराए ।

चैत ३० गते शाखाका असन्तुष्ट सदस्यले पुराना सदस्यको नवीकरण गर्नुपर्ने, नयाँ सदस्य खुलाउनुपर्ने जस्ता माग राख्दै ताला लगाएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट