पार्टी एकीकरणका लागि तीन सदस्यीय संयोजन समिति गठन

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

काठमाडौं, ८ वैशाख ।  नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण प्रक्रिया अघि बढाउन तीन सदस्यीय संयोजन समिति गठन गरिएको छ ।

संघीय समाजवादीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका तर्फबाट संयोजक डा. बाबुराम भट्टराई र संसदीय दलका नेता अशोक राई संयोजना समितिमा रहेका छन् ।

सरकारसँग संघीय गठबन्धन, तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन  विज्ञप्तिमा माग गरिएको छ ।

एकता प्रयासका लागि भएका विभिन्न चरणका बैठकबाट पार्टीले अवलम्बन गरेको नीति र विचारमा समानता बन्दै गएको भन्दै एकता प्रक्रिया निष्कर्षका लागि संयोजन समिति गठन गरिएको दुई पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट