भारत भ्रमण सकेर राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

काठमाडौं, ८ वैशाख । पाँचदिने भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार साँझ साढे सात बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै यही वैशाख ४ गते राष्ट्रपति भन्डारी भारत भ्रमणमा गएकी थिइन् ।

राष्ट्रपति भण्डारीले भारत भ्रमणका  क्रममा भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले स्वदेश फर्किनुअघि उडिसा राज्यको पुरीस्थित जगन्नाथ मन्दिर पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट