मुख्य समाचार
प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

काठमाडौं, १२ बैशाख । एमाले ७ नम्बर प्रदेश संगठनले ८८ स्थानीय तहमध्ये अधिकांश स्थानमा प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवारको टुंगो लगाएको छ । टीकापुरमा तपेन्द्र रावललाई प्रमुख र उपप्रमुखमा कमला केसीलाई उम्मेदवार बन्ने छन् । त्यस्तै भजनी नगरपालिकामा प्रदीप मल्ल मेयर र मधुमति चौधरी उपमेयर छानिएका छन् । गौरीगंगा नगरपालिकामा भीम देउवालाई मेयर र […]


प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

काठमाडौं, १२ बैशाख । सरकारी कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजनको व्यवस्थापन सर्वे सम्पन्न नगरी कम्तीमा एक वर्षका लागि कर्मचारी पदपूर्ति र बढुवा रोक्नेगरी कानुन आउन लागेको छ । सोसम्बन्धी प्रस्तावित विधेयक संसद्मा दर्ताका लागि मन्त्रिपरिषद्बाट अनुमोदन गरिएको छ । तर, संसद् सचिवालयमा पेश भए पनि दर्ता भएको छैन । प्रारम्भिक मस्यौदामा दुई वर्षको […]


प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

काठमाडौं, १२ बैशाख । आज १२ वैशाख । विनाशकारी भूकम्प गएको दिन । दुई वर्ष पुग्यो भूकम्प गएको । भूकम्पले १४ जिल्लामा ठूलो धनजनको क्षति ग¥यो । हजारौंले ज्यान गुमाए । लाखौंले बास गुमाए । भूकम्पले १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ परिवारको घर भत्कियो । सरकारले भत्किएका घर ठड्याउने घोषणा ग¥यो […]


प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

काठमाडौं, १२ बैशाख । स्थानीय तह चुनावमा र संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह ‘मलास’मै डा बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति पार्टी नेपालले चुनाव लड्ने भएको छ । चुनावअघि एकता प्रक्रिया नटुंगिएकोले यी दुई पार्टी मोर्चाबन्दी गर्ने भएका हुन् । अब डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिह्नमा लड्नेछ । यो चुनावी मोर्चाबन्दीमा अन्य दललाई […]


प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख । सोमबार एमालेको असहमति र नेपाल मजदूर किसान पार्टीका सांसदहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा पेश भएको छ । संसदको सुरुमा कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन बिधेयक पेश गर्दा प्रमुख विपक्षी एमालेले कुनै अवरोध वा बिरोध नजनाए पनि मजदूर किसान पार्टीका तीन सांसदले बिरोधमा नारा लगाएका थिए । नेपाल […]


प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख । डीआईजी नवराज सिलवाललाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । डीआईजी सिलवाललाई सोमबार प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको थियो । अधिवक्ता पूर्णप्रसाद राजवंशीले डीआईजी सिलवालको तर्फबाट आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै  बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको […]


प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख । बाटो काट्ने क्रममा पैदल हिडिरहेका पूर्व गृहसचिव पदमराज सुवेदीलाई आइतबार अनामनगरमा मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार दिउँसो नर्भिक अस्पतालमा घाइते सुवेदीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको छ  । अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो […]


प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख । आज १९ दिने जनआन्दोलनको सम्झानामा लोकतन्त्र दिवस  विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन २०६२ र २०६३ को जनआन्दोलनमार्फत अन्त्य भएको दिनका रुपमा लोकतन्त्र दिवस मनाउँने गरिएको छ । सरकारले यसअघि नियमित दिँदै आएको सार्वजनिक बिदा यसपटक औपचारिक रुपमा कटौती गरेको छ ।


प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख ।  बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको प्रहरी प्रधान कार्यालयले बताएको छ । प्रहरीले सिलवालसँगै थापालाई पनि हिरासतमा लिएको  बताइएको छ । सरकारले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी […]


प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

पेरिस, १० वैशाख । आइतबार फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि पहिलो चरणको मतदान कार्य सुरु भएको छ । अहिले प्रतिष्पर्धामा रहेका ११ जना उम्मेदवारहरु मध्ये बढी मत ल्याउने २ जनाका बीचमा दोस्रो चरणको प्रतिष्पर्धा हुने बताइएको छ । कसैले पनि स्पष्ट बहुमत ल्याउने नदेखिएकाले दोस्रो चरणको मतदान मे ७ तारिखका दिन गर्ने यसअघि नै तय […]


प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

काठमाडौं, १० वैशाख । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकले लोडसेडिङ हटाउने अभियानमा असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले उनीहरुलाई  हटाउन गरेको  निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आइतबार मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्च गएका तीन सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेको रिट खारेजको फैसला सुनाएको छ । […]


प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

काठमाडौं, १० वैशाख । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ । निर्णय अनुसार अब प्रदेश नम्बर २, ४ र ६ मा पहिलो चरण अर्थात वैशाख ३१ गते चुनाव हुनेछ भने प्रदेश नम्बर १,२, ५ र ७ मा जेठ ३१ मा दोस्रो चरणको निर्वाचन हुनेछ । वैशाख १६ गतेदेखि […]


प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

काठमाडौं, १० वैशाख । आइतबार दिउँसो ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सूचना टासेर स्थगन गरिएको छ । बैठक अब सोमबार दिउँसो १ बजे हुने छ । मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन गरिएको बताइएको छ ।


प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

काठमाडौं, १० वैशाख । सिंहदरवारमा बिहान ११ बजे आन्दोलनरत मधेसी मोर्चा र सरकारबीच भएको सहमति अनुसार दोस्रो चरणको निर्वाचनको मितिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । स्रोतका अनुसार बैठकले दलीय सहमति अनुसार दोस्रो चरणका लागि प्रस्तावित जेठ ३१ गतेको मितिबारे परामर्शका लागि निर्वाचन आयोगसमक्ष औपचारिक प्रस्ताव पठाउने निर्णय गर्ने छ । निर्वाचनको मिति घोषणा तथा हेरफेरमा […]


प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

म्याग्दी, १० वैशाख । बेनी नगरपालिका–७ मा ५० लाख रुपैयाँभन्दा बढी लगानीमा बौद्ध विहार निर्माण भएको छ । म्याग्दी बौद्ध संघले बौद्ध विहारको निर्माण गरेको हो । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महाअष्टवीरले शनिबार उद्घाटन गरे । विहार निर्माणका लागि बेनीको संगमचोक निवासी पुण्यबहादुर र लक्ष्मी शाक्यले १ रोपनी ७ आना जग्गा सहयोग गरेका […]



 

 

 

 

 

 

 


ताजा अपडेट