सूचना टाँसेर बैठक स्थगन

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

काठमाडौं, १० वैशाख । आइतबार दिउँसो ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सूचना टासेर स्थगन गरिएको छ । बैठक अब सोमबार दिउँसो १ बजे हुने छ ।

मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन गरिएको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट