एमालेले ७ नम्बर प्रेदशका उम्मेदवार छान्यो

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

काठमाडौं, १२ बैशाख । एमाले ७ नम्बर प्रदेश संगठनले ८८ स्थानीय तहमध्ये अधिकांश स्थानमा प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

टीकापुरमा तपेन्द्र रावललाई प्रमुख र उपप्रमुखमा कमला केसीलाई उम्मेदवार बन्ने छन् । त्यस्तै भजनी नगरपालिकामा प्रदीप मल्ल मेयर र मधुमति चौधरी उपमेयर छानिएका छन् । गौरीगंगा नगरपालिकामा भीम देउवालाई मेयर र अञ्चला चौधरीलाई उपमेयरको उम्मेदवार बनाएको छ । घोडाघोडी नगरपालिकामा अमर साउँद मेयर र लक्ष्मी चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।

छ वटा गाउँपालिका रहेको कैलालीमा एमालेले प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । मोहन्याल गाउँपालिकामा नवलसिंह रावल प्रमुख र पूजा बुढा उपप्रमुख, बर्गगोरिया गाउँपालिकाबाट कर्ण बहादुर कुँवर प्रमुख र साबित्रादेबी सापकोटा उपप्रमुखमा चुनिएका छन् । चुरे गाउँपालिकाबाट धनबहादुर रोक्कामगर प्रमुख र दिपादेवी साउद उपप्रमुखका उम्मेदवार रहेका छन् ।

त्यस्तै जोशीपुर गाउँपालिकाबाट प्रेमलाल चौधरी प्रमुख र गोमा आचार्य उपप्रमुख, कैलारी गाउँपालिकाबाट रामप्रसाद चौधरी प्रमुख र झुमादेवी चौधरी उपप्रमुख, जानकी गाउँपालिकाबाट जगत चौधरी प्रमुख र गंगा थापा उपप्रमुख उम्मेदवार बनेका छन् ।

भिमदत्त नगरपालिकामा पार्टी जिल्ला सचिव सुरेन्द्र बिष्ट, बेदकोट नगरपालिकामा अशोक चन्द र बेलौरी नगरपालिकामा पल्लव भट्टलाई उम्मेदवार बनाएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाट रामबहादुर बानियाँलाई मेयर र मायादेवी कुँवरलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट