मुख्य समाचार
प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

काठमाडौं, १८ वैशाख । एमालेले आज दिउँसो २ बजे स्थायी समितिको बैठक बोलाएको छ । प्रधानन्यायाधिस शुसिला कार्कीबिरुद्ध महाअभियोगको प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिबारे एमालेले छलफल गर्न धुम्बाराहीस्थित केन्द्रिय कार्यालयमा बोलाइएको छ । बैठकमा सत्तासाझेदार कंग्रेस र माओवादी केन्द्रले संसदमा आइतबार दर्ता भएको महाअभियोग प्रस्ताव, आसन्न स्थानीय तह निर्वाचन लगायत समसामयिक बिषयमा छलफल हुने जनाइएको छ […]


प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

खोटाङ, १८ वैशाख । अस्थायी करारमा अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा केदारनाथ खनाललाई प्रहरीले पक्राउ गरेको छ । अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट खनालले प्रतिव्यक्ति ३५ हजार रुपैयाँका दरले घुस लिने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । अस्पताल परिसरबाटै आइतबार प्रहरीले पक्राउ गरेको खनाललाई […]


प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

काठमाडौं, १८ वैशाख । देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै नेपाली सेनाले आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा गएराति बसेको पिएसओजको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको समीक्षापछि सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । स्थानीय तहको निर्वाचनको नजिकिँदो मिति र सहमतिको निर्माण गर्न […]


प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

बेइजिङ, १७ वैशाख । चीनले अन्तरीक्षमा आफ्नो स्पेस स्टेसन बनाउने घोषणा गरेको छ । आफ्नो अन्तरीक्ष यान तियान्झाउ–१ मा अन्तरीक्षमै इन्धन भर्न सफल भएपछि चीन यस्तो घोषणा गरेको हो । सन् २०२२ सम्म निर्माण कार्य सकेर वैज्ञानिकहरुलाई त्यहाँ पठाइसक्ने चीनको योजना रहेको छ । चीनी सञ्चारमाध्यमहरुले २० अप्रिलमा पठाइएको तियान्झाउ–१ यानलाई सफलतापूर्वक तियांगोङ–२ स्पेस ल्याबको […]


प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । कांग्रेस सांसद मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायत कांग्रेस र माओवादी केन्द्रका २५९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।


प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । कांग्रेसले सबै दललाई समेटेर चुनावमा जाने निर्णय गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज भएको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल एमाले तथा तराई/मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको हो । बैठक कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको थियो । कांग्रेसले आगामी ३१ वैशाखमा […]


प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । संसद्मा संविधान संशोधनको प्रस्तावमाथिको छलफल २१ वैशाखबाट मात्र हुने भएको छ । सरकारले भने आजैबाट छलफल अगाडि बढाउने योजना बनाएको थियो । तर, सरकार छलफल गराउने प्रस्तावबाट एकाएक पछाडि हटेको हो । कांग्रेसका पुराना सांसदको निधनका कारण आजको पहिलो बैठकले शोक प्रस्ताव पारित गर्ने र दोस्रो बैठकले संशोधन अगाडि बढाउने तयारी […]


प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । चुनावको बीचमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने निर्णय निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले दुई चरणको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेकाले पहिलो चरणको निर्वाचनको १५ दिन अघि निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट आचार संहिता विपरित हुने निर्णय गरी सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो […]


प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख ।  संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले ह्विप जारी गरेको छ । राप्रपा सांसद् सुशीलकुमार श्रेष्ठले संसदीय दलको बैठकपछि संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताउँदै अनिवार्य उपस्थिति र पक्षमा मतदान गर्न ह्विप जारी भएको बताए । यसअघि सरकारमा सहभागी भएसँगै अघिल्लो संशोधन प्रस्तावको विपक्षमा उभिएको राप्रपा संविधान संशोधनको […]


प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । काठमडौं उपत्यकालाई लोडसेडिङमुक्त गरिएको घोषणा नेपाल विद्युत् प्राधीकरणले गरिसकेको छ । तर, मध्यबानेश्वर क्षेत्रका बासिन्दाले १७ घण्टासम्म अन्धकारमा बस्नु परेको छ । शनिबार दिउँसो ३ बजेदेखि नआएको बिजुली आइतबार बिहान सवा ९ बजे मात्र आएको थियो । बत्ति नहुँदा मध्यबानेश्वरसहित गौशाला, अनामनगर, घट्टेकुलो लगायत क्षेत्रका बासिन्दा मर्कामा परेका झाले बताए । […]


प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

जुम्ला, १६ वैशाख । तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माविमा अध्ययनरत छात्रामा एक महिनादेखि मास ‘हिस्टेरिया’ रोगको समस्या बढ्दै गएको छ । चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो । छात्रामा यस्तो समस्या देखिएको तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे पनि समस्या समाधान भएन । निमित्त प्रधानाध्यापक राजु केसीका अनुसरा […]


प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

काठमाडौं, १६ वैशाख । एकनाथ ढकालको पार्टी नेपाल परिवार दलले उम्मेदवार छनोट थालेको छ । परिवार दलले पहिलो चरणमा देशका ४ महानगरपालिका र १३ उपमहानगरपालिकामा मेयर र उपमेयर उम्मेदवारको घोषणा गरेको छ । परिवार दलले काठमाडौं महानगरपालिकाको मेयरमा पूर्वक्याम्पस प्रमुख लक्ष्मीप्रसाद भण्डारीलाई अघि सारेको छ भने उपमेयरमा पुनम डंगोललाई खडा गरेको छ । ललितपुरको मेयर […]


प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

काठमाडौं, १६ वैशाख । संविधान संशोधनमा दुई तिहाइ पु¥याउने गरी विभिन्न चरण र तहमा सत्ता गठबन्धनका नेताहरुले जारी राखेका छन् । यही मेसेमा कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निवास बालकोट पुगेका छन् । उनी आफ्नो दलका नेताहरुको टोली लिएर ओलीलाई भेट्न बालकोट पुगेका हुन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद […]


प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

रुकुम, १५ वैशाख । आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग१ज २०६ नंको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीले आठबिसकोट नगरपालिका– १४ छेपारेबाट सोही ठाउँको चिसापानी जाँदै गरेको जिपमा क्षमताभन्दा धेरै यात्रु बोकेको र बाटो साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान  गरेको छ । जिल्ला प्रहरी […]


प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

गोरखा, १५ वैशाख । नजिकिँदै गरेको स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्र गोरखा कमिटीले दुईवटा नगरपालिकासहित नौवटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ । शुक्रबार पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्का ‘प्रकाश’ले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा सो नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत निर्णय भएको जानकारी दिए । चुनावी तालमेलका लागि […]



 

 

 

 

 

 

 


ताजा अपडेट