एकनाथको पार्टीले तोक्य १७ जना मेयरका प्रत्यासी

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

काठमाडौं, १६ वैशाख । एकनाथ ढकालको पार्टी नेपाल परिवार दलले उम्मेदवार छनोट थालेको छ । परिवार दलले पहिलो चरणमा देशका ४ महानगरपालिका र १३ उपमहानगरपालिकामा मेयर र उपमेयर उम्मेदवारको घोषणा गरेको छ ।

परिवार दलले काठमाडौं महानगरपालिकाको मेयरमा पूर्वक्याम्पस प्रमुख लक्ष्मीप्रसाद भण्डारीलाई अघि सारेको छ भने उपमेयरमा पुनम डंगोललाई खडा गरेको छ ।

ललितपुरको मेयर र उपमेयरमा क्रमशः प्रदिपसिंह थापा र सरस्वती चित्रकार परिवार दलको उम्मेदवार बन्ने छन् भने भरतपुरमा राजेन्द्रप्रसाद अर्याल मेयर र गायत्री सुवेदी उपमेयरको प्रत्यासी बन्ने छन् ।

पोखरा लेखनाथमा कल्पना बराल र गणेश श्रेष्ठले क्रमशः मेयर र उपमेयरमा टिकट पाएका छन् । विराटनगर उपमहानगरपालिकाको मेयरमा तीर्थराज घिमिरे र उपमेयरमा लक्ष्मी राई उठ्ने भएका छन् । धरानको मेयरमा संगीता लावती र उपमेयरमा रामबहादुर लिम्बु उठ्ने छन् । इटहरीमा सीतादेवी ढकाल र अशोक चौधरी क्रमशः मेयर र उपमेयरमा भिड्दै छन् ।

जनकपुरको मेयरमा पवन साह र उपमेयरमा सीतादेवी झा नेपाल परिवार दलको तर्फबाट उम्मेदवार बन्ने छन् । दिनेश कुमार आमात्य वीरगन्ज र विनेश चौधरी कलैयाको मेयरमा उठ्दैछन् । जीतपुर सिमराको मेयरमा सिन्दा ठाकुर, हेटौडाको मेयरमा सानु मोक्तान, नेपालगन्जको मेयरमा गयाप्रसाद कुमाल, बुटवलको मेयरमा चन्द्रसेन यादव, घोराहीको मेयरमा शालिकराम चौधरी तुल्सीपुरको मेयरमा विष्णु पाण्डे, धनगढीको मेयरमा खड्क सिंह नागरीले टिकट पाएको परिवार दलले जानकारी दिएको छ ।

महानगर र उपमहानगरपालिकाको उम्मेदवार घोषणा गरेको परिवार दलले नगरपालिका र गाउँपालिकाको उम्मेदवारको नामावली पनि छिट्टै सार्वजनिक गर्ने बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट