संविधान संशोधनमाथिको छलफल २१ वैशाखबाट

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । संसद्मा संविधान संशोधनको प्रस्तावमाथिको छलफल २१ वैशाखबाट मात्र हुने भएको छ । सरकारले भने आजैबाट छलफल अगाडि बढाउने योजना बनाएको थियो । तर, सरकार छलफल गराउने प्रस्तावबाट एकाएक पछाडि हटेको हो ।

कांग्रेसका पुराना सांसदको निधनका कारण आजको पहिलो बैठकले शोक प्रस्ताव पारित गर्ने र दोस्रो बैठकले संशोधन अगाडि बढाउने तयारी सरकारले गरेको थियो ।

सभामुखले संसद बैठक तीन दिन पछाडि सार्दै २१ गतेका लागि राखेकी हुन् । बैशाख ३१ गते हुने निर्वाचनका लागि १९ गते मनोनय दर्ताको कार्यक्रम भएकाले एक दिन जाने र एक दिन आउने समय छुट्याउनुपरेका कारण बैठक २१ गतेका लागि सारिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

०४८ सालमा सिराहा क्षेत्र नं २ बाट सांसद बनेका नथ्थुनी सिंह दनुवारको निधनमा संसद बैठकमा आज शोक प्रस्ताव पारित गरेको छ । उनको बैशाख १० गते निधन भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट