६० भन्दा बढी छात्रामा ‘मास हिस्टेरिया’ : अभिभावक धामीझाँक्रीको पछि

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

जुम्ला, १६ वैशाख । तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माविमा अध्ययनरत छात्रामा एक महिनादेखि मास ‘हिस्टेरिया’ रोगको समस्या बढ्दै गएको छ । चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो ।

छात्रामा यस्तो समस्या देखिएको तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे पनि समस्या समाधान भएन । निमित्त प्रधानाध्यापक राजु केसीका अनुसरा त्यसलगत्तै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर सुवेश चौधरी नेतृत्वको टोली त्यहाँ आए । औषधि सामग्री लिएर त्यहाँ पुगेको टोलीले उपचार सेवा सुरु ग¥यो तर अभिभावकको चासो दिएनन् । छात्राहरुका अभिभावकहरु रोगको निदानका लागि धामी–झाँक्रीको झार–फुकतिर लागेका छन् ।

चैत १३ गते लाइनमा प्रार्थना गर्ने समयमा कक्षा–८ मा अध्ययनरत हिरा डाँगीबाट चिच्याउने, कराउने, रुने काम्ने, तर्सने रोग अहिले ६० जना भन्दा बढीमा देखिएको उनले बताए । उनी भन्छन्, ‘यो रोग देखिएबाट छात्राहरुको हात खुट्टा दुख्ने, गल्ने, झमझमाउने, लाटोपन देखिने, पेट दुख्ने र त्यसपछि ढल्ने क्रियाकलाप देखिन्छ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट