देउवासहितको कांग्रेस नेताको टोली बालकोटमा

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

काठमाडौं, १६ वैशाख । संविधान संशोधनमा दुई तिहाइ पु¥याउने गरी विभिन्न चरण र तहमा सत्ता गठबन्धनका नेताहरुले जारी राखेका छन् । यही मेसेमा कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निवास बालकोट पुगेका छन् । उनी आफ्नो दलका नेताहरुको टोली लिएर ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेताको टोली लिएर कांग्रेस सभापति देउवा शनिबार बालकोट पुगेका हुन् ।

संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न कांग्रेस नेताहरू बालकोट पुगेको नेताहरूले बताएका छन् । दुई पक्षीय छलफलमा एमालेका तर्फबाट पार्टी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललगायत नेता सहभागी छन् ।

संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गर्न कांग्रेस नेताहरुले एमालेसँग आग्रह गर्दै आएका छन् । यसबारे संसदमा सम्भवतः आइतबार टुंगो लाग्नेछ ।
एमालेले संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताइरहेका बेला कांग्रेसले भने एमालेसहितको सहमतिमा संविधान संशोधन गर्ने प्रयत्न गरिरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट