निर्वाचनको बीचमा बजेट ल्याउन मिल्दैन : निर्वाचन आयोग

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । चुनावको बीचमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने निर्णय निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

आयोगले दुई चरणको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेकाले पहिलो चरणको निर्वाचनको १५ दिन अघि निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट आचार संहिता विपरित हुने निर्णय गरी सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

दुई चरणमा तोकिएको स्थानीय तह निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता अनुकूल नहुने भएकाले नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

सरकारलाई आयोगको निर्यणयसँगै  निर्वाचन एकै चरणमा गर्ने वा बजेट निर्वाचन पछि सार्ने गरी संविधान संशोधन गर्ने दवाव बढेको छ ।

संघीय गठबन्धनसँगको सहमति पछि दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने भन्दै सरकारले वैशाख ३१ पहिलो र जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिसकको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट