सेनाले सुरक्षा सतर्कता अपनाउने

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

काठमाडौं, १८ वैशाख । देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै नेपाली सेनाले आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा गएराति बसेको पिएसओजको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको समीक्षापछि सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको नजिकिँदो मिति र सहमतिको निर्माण गर्न राजनीतिक दलबीच भइरहेको प्रयास बारे बैठकमा समीक्षा गरिएको थियो ।

प्रधानन्यायाधीशविरुद्ध आकस्मिकरुपमा संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिको राजीनामालगायत देशमा हाल विकसित घटनाक्रमको समीक्षा गर्न बसेको सेनाको उच्चस्तरको बैठकमा मुलुकको समग्र सुरक्षा चुनौतीको विश्लेषण गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट