मुख्य समाचार
प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर महानगरपालिकामा चुनावी तालमेलको तयारी भइरहेका बेला एमालेले ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ । तालमेलका कुरा भएपनि उम्मेदवार आफैले उम्मेदवारी मनोनयन गरेका छन् । मेयरका लागि एमालेका हरिकृष्ण व्यन्जनकारले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा राप्रपाले उम्मेदवारी दिएको छ ।


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं,१९ वैशाख ।  एमाले र राप्रपाबीच  काठमाडौं र ललितपुर महानगरपालिकामा चुनावका लागि तालमेल गर्ने तयारी भएको छ । केहीबेरअघि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच  भएको छलफल सकेर  बाहिरिने क्रममा राप्रपा अध्यक्ष थापाले यसबारेमा छलफल जारी रहेको भन्दै छोटो प्रतिक्रिया दिए । अहिले एमाले दलको कार्यालयमा एमाले […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

पोखरा, १९ वैशाख । मनोनयनको अन्तिम दिन कास्कीका राजनीतिक दलले पार्टीको तर्फबाट उम्मेदवार घोषणा गरेका छन् । कांग्रेसले पोखरा लेखनाथ महानगरको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । प्रमुख प्रतिस्पर्धी देखिएको एमालेले उम्मेदवार घोषणा गरेपछि अन्तिम समयमा आएर कांग्रेसले सिफारिस गरिएको मेयरमा नरेश शंकर पालिखे, उपमेयरमा चन्द्रावती पौडेललाई उम्मेदवारलाई हटाएर रामजी […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । नुवाकोटमा उम्मेदवारीका लागि जिल्ला सभापति जगदिश नरसिंह केसी तथा डा. रामशरण महत र डा. प्रकाशशरण महत पक्षबीच कुरा नमिल्दा अझैसम्म उम्मेदवारको टुंगो लाग्न नसकेको कांग्रेस स्रोतले जानकारी दिएको छ । गएराति २ बजे पार्टी केन्द्रीय कार्यालयमा सहमति अनुसार टुंगो लगाउन खोज्दा जिल्ला सभापति नरसिंहले उम्मेदवारको मनोनयनपत्र नै च्यातेपछि विवाद सुरु भएको […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । काठमाडौं महानगरपालिकको उपमेयर पदका लागि जनिशा भट्टराईले पहिलो उम्मेदवारी दिएकी छन् । उनले आफ्नो उम्मेदवारी स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा गेपहरी भट्टराई र समर्थकमा बद्रीराम विष्ट छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालय सभागृहमा भट्टराईले आफ्नो पहिलो उम्मेदवारी दिएकी हुन् । त्यस्तै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट पूर्वसचिव […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्गीलाई उठाउने भएको छ । जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् । काठमाडौंको मेयरका लागि कांग्रेसले स्वास्थ्यमन्त्री गगन थापा र उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई प्रस्ताव गरेको थियो । दुवैजनाले मेयर उम्मेदवार अस्वीकार गर्दै राजुराज जोशीलाई सहयोग गर्ने बताएका छन् । कांग्रेसले पोखरा महानगरको […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । स्थानीय तह निर्वाचन पहिलो चरणमा चुनाव हुने स्थानका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनयनकोसमय आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ । मनोनयनको समय सुरु भए पनि प्रमुख राजनीतिक दल अझै उम्मेद्वार छनोटको आन्तरिक परामर्शमा नै छन् । पहिलोच चरणमै चुनाव हुने काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेले आफ्ना उम्मेदवार छनोट […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीको आइजिपी प्रकरणको मुद्दा सर्वोच्च अदालतले आजको पेसी सूचीबाट स्थगित गरेको छ । कायम मुकामय प्रधानन्यायाधीश गोपाल पराजुलीले सो मुद्दाको लागि आज दैनिक पेसी तोकेनन् । २९ चैतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लिखित जवाफ पेस गर्ने पक्षहरुलाई समेत म्याद गुजारे समय नदिने उल्लेख गरी दिन किटान गरी आदेश गरेका थिए । […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । मंगलबार बिहान खादाको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौं पठाइएको स्थानीय प्रहरीले जनाएको छ । निर्वाचन अधिकृत गिरीको स्वासप्रश्वास सञ्चालनमा कठिनाई भएकाले अवस्था गम्भीर […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको फाइल आजदेखि सर्वोच्चको पूर्ण इजलासमा खुल्दैछ । गत ३० चैतको आदेशअनुसार सर्वोच्चको पूर्ण इजलासमा आजदेखि मुद्दाको सुनुवाइ हुनेछ । चार डिआइजीको कार्यसम्पादन मूल्यांकनको फाइल आज सर्वोच्चममा पुनः खुल्नेछ । आइजिपी प्रकरणमा यसअघिको फैसलाका कारण प्रधानन्यायाधीश सुशीला काकीमाथि संसदमा महाभियोग दर्ता भएको छ । महाभियोगका कारण कार्की […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन् । सोमबार साँझ प्रधानमन्त्रीले यादव र गच्छदारसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा पछिल्लो राजनीतिक स्थितिबारे छुट्टाछुट्टै छलफल गरेका थिए । लोकतान्त्रिक फोरमका […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । स्थानीय तह चुनावअन्तर्गत पहिलो चरण (३१ वैशाख)मा मतदान हुने स्थानमा आजदेखि औपचारिक रुपमा चुनावको कार्यक्रमहरु सुरु हुँदैछ । पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने […]


प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

काठमाडौं, १८ वैशाख । आइतबार सर्वोच्च अदालतकी प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दलका सांसदहरुबाट आएको अप्रत्याशित महाअभियोग प्रस्तावसँगै अनिश्चित बनेको ३१ वैशाखको स्थानीय चुनाव भाँडिने आशंकालाई चिर्ने प्रयास प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले गरेका छन् । प्रमुख निर्वाचन आयुक्त डा. यादबले अब पनि निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगमा […]


प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

काठमाडौं, १८ वैशाख । एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग अस्वीकार्य भएको बताएको छ । उसले भोलिसम्म फिर्ता लिन चेतावनी समेत दिएको छ । स्थानीय तह चुवावको लागि एमालेले बनाएको घोषणापत्र सार्वजनिक गर्न सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाअभियोगको प्रस्ताव बदनियतपूर्वक आएको बताए । चुनाव गराउनुपर्ने […]


प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

काठमाडौं, १८ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले आइतबार सुडान भ्रष्टाचार मुद्दामा फैसला गर्दै तीनजना पूर्वप्रहरी महानिरीक्षकलाई कैद र जरिवाना सजाय सुनाएको छ । प्रधानन्यायाधीश कार्कीमाथि संसद्मा महाअभियोग प्रस्ताव दर्ता हुनुअघि कार्कीले गरेको यो नै अन्तिम फैसला हो । संविधानअनुसार संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की स्वतः निलम्बनमा परेकी छन् […]



 

 

 

 

 

 

 


ताजा अपडेट