विवादका कारण नुवाकोटमा कांग्रेस उम्मेदवार टुंगो लागेन

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । नुवाकोटमा उम्मेदवारीका लागि जिल्ला सभापति जगदिश नरसिंह केसी तथा डा. रामशरण महत र डा. प्रकाशशरण महत पक्षबीच कुरा नमिल्दा अझैसम्म उम्मेदवारको टुंगो लाग्न नसकेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

गएराति २ बजे पार्टी केन्द्रीय कार्यालयमा सहमति अनुसार टुंगो लगाउन खोज्दा जिल्ला सभापति नरसिंहले उम्मेदवारको मनोनयनपत्र नै च्यातेपछि विवाद सुरु भएको महत निकट स्रोतले बताएको छ ।

नुवाकोट क्षेत्र नं १ का सभापति अर्जुन न्यौपाने र क्षेत्र नं २ का सभापति ध्रुव श्रेष्ठ दुई पक्षबीच बढेको विवादका कारण पार्टी केन्द्रीय कार्यालयमा अनशनमा बसीरहेका छन् ।

विवादको टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउबा र नुवाकोटका नेताहरुबीच छलफल भइरहेको छ । कांग्रेसको बाहुल्यता रहेको नुवाकोटमा अहिलेसम्म कुनैपनि उम्मेदवारको टुंगोको छैन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट