कांग्रेस र एमालेले काठमाडौंको उम्मेदवार अझैँ टुंगो लाएन

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । स्थानीय तह निर्वाचन पहिलो चरणमा चुनाव हुने स्थानका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनयनकोसमय आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ । मनोनयनको समय सुरु भए पनि प्रमुख राजनीतिक दल अझै उम्मेद्वार छनोटको आन्तरिक परामर्शमा नै छन् ।

पहिलोच चरणमै चुनाव हुने काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेले आफ्ना उम्मेदवार छनोट गर्न सकेका छैनन् । दुबै दल बिहानैदेखि आन्तरिक परामर्शमा छन् । पहिलो चरणमा चुनाव हुने चारमध्ये अन्य तीन महानगरपालिकामा उम्मेद्वार टुंगो लागिसकेको छ ।

एमालेले काठमाडौं महानगरपालिकाका लागि जीवनराम श्रेष्ठलाई पहिलो प्राथमिकताको छ तर यही विषयमा एमाले मुख्यालय धुम्बराही अहिले जारी बैठकमा शंकर पोखरेल र वामदेव गौतमले काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितको नाम पनि छिराएका छद्धन् । तर, एमालेले अर्को दलले कस्तो उम्मेदवार उठाउँछ, त्यसलाई हेरेर आफ्नो उम्मेदवार तोक्ने बताएको छ ।

सत्तारुढ कांग्रेसले पनि काठमाडौँ महानगरपालिकाको उम्मेद्वार टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्रले भने काठमाडौंको मेयरमा दिनेश महर्जन र उपमेयरमा मञ्जित शाक्यको नाम सिफारिस गरेको छ । यस्तै, ललितपुर महानगरपालिकामा सर्वोत्तम डंगेल मेयरमा र उपमेयरमा सुशीला पौडेलको नाम सिफारिस गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट