मुख्य समाचार
प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । साधारण सदस्यसमेत नरहने गरी माओवादी केन्द्रका समानुपातिक सांसद योगेन्द्र घिसिङलाई माओवादी केन्द्रले निष्कासित गरेको छ । ललितपुरका विभिन्न गाउँपालिकामा पार्टीको नीति र निर्देशनविपरित आफू निकटकालाई उम्मेदवारी दिन लगाएका  घिसिङलाई कारवाही गरिएको माओवादी केन्द्रले जनाएको छ । माओवादीको ललितपुर जिल्ला समिति सदस्यसमेत रहेका घिसिङलाई बुधबार बसेको ललितपुर जिल्ला कार्यसमितिको बैठकले निष्कासित गर्ने […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काभ्रे, २० वैशाख । मुख्य राजनीतिक दल तथा केही स्वतन्त्र उम्मेद्वारले काभ्रेका सबै स्थानीय तह (६ नगरपालिका र ७ गाउँपालिका)मा उम्मेद्वारी दर्ता गरेका छन् । ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीसहित राप्रमा र नयाँ शक्तिले पनि प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । यसबीच कांग्रेसले बाबु र […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । ३१ वैशाखमा हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको हकमा आचारसंहिता लागू भएको छ । मंगलबार मनोनयन दर्ता गराएसँगै उम्मेदवारहरुका लागि स्वतः आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ । चुनावको क्रममा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न स्रोत साधनको दुरुपयोग गर्न सक्ने आशंकामाझ […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएकी ३५ वर्षकी मिजारलाई नेकपा एमालेले वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो । धार्केका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मिजारले आत्महत्या गरेको […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । पूर्वन्यायाधीशहरुले प्रधानन्यायधीश शुशिला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको विरोध गरेका छन् । पूर्वन्यायाधीश फोरमले घुमाउरो भाषामा महाअभियोगलाई प्रतिशोधको रुपमा ल्याइएको भनी ठहर गरेको छ । फोरमको निर्णयमा भनिएको छ, ‘न्याय सम्पादन गर्ने क्रममा अदालतबाट भएका आदेश र फैसलाले प्रतिकूल प्रभाव प¥यो भन्ने आधारमा प्रतिशोधको रुपमा ल्याइने महाभियोग प्रस्तावलाई कुनै पनि हालतमा उपयुक्त […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । कांग्रेसले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार राति एक विज्ञप्ति जारी गरी सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसले ३४ जिल्लाका सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।’ पहिलो चरणअन्तर्गत हुन लागेको तीन प्रदेश (नं […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन हिजो सकियो । पहिलो चरण ३१ वैशाखमा चुनाव हुने ३४ जिल्लाका २ सय ८३ स्थानमा हिजो उम्मेदवारी मनोनयन सकिएको हो । तीमध्ये हिजो ४ जना पूर्वसभासदहरु मेयरका लागि आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका पूर्वसांसद सुनिल प्रजापति मेयरमा उम्मेदवारी […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । स्थानीय तहको निर्वाचनको पहिलो चरण ३१ वैशाखमा हुने चुनावका लागि उम्मेदवारी मनोनयन सकिएको छ । उम्मेदवारी मनोनयन दर्ता मंगलबार विहान १० बजेबाट सुरु भएर साँझ ५ बजे सकिएको हो । विभिन्न राजनीति दलका र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । आज बसेको संवैधानिक परिषदको बैठकले दीप बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ । संसद्मा महाअभियोग दर्ता भएपछि प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेयता बस्नेत कार्यबाहक प्रमुख आयुक्तका रुपमा कार्यरत थिए । आयुक्तहरुमध्ये वरिष्ठतम्बाट बस्नेत प्रमुखका रुपमा रहँदै आएका थिए ।


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । कांग्रेसबाट कीर्तिपुर नगरपालिकामा मेयरका लागि कांग्रेस काठमाडौंका सचिव राजकुमार नकर्मीको उम्मेदवारी दर्ता गरिएको छ भने उपमेयरमा बिमला बिस्टको उम्मेदवारी दर्ता भएको छ । यसैगरी कीर्तिपुरको १० वटा वडाको लागि वडाध्यक्षहरुको पनि टुंगो लागेको छ । वडा नं १ मा हिरालाल महर्जन, २ मा अष्ट महर्जन, ३ मा गोपाल श्रेष्ठ, ४ मा […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका तर्फबाट पूर्वसभासद् सुनिल प्रजापति मेयरको उम्मेदवार बनेका छन् । प्रजापति नेमकिपाका केन्द्रीय सचिवसमेत हुन् । पहिलो संविधानसभा निर्वाचनमा प्रजापतिले भक्तपुर क्षेत्रनम्बर २ मा माओवादीका देवेन्द्र श्रेष्ठ ‘दिवाकर’लाई हराएर सभासद निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा भने कांग्रेसका रामेश्वर ढुंगेलसँग उनी पराजित भएका थिए […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । कांग्रेसले ललितपुर महानगरपालिकामा मेयरका लागि चिरीबाबु महर्जनको उम्मेदवारी दर्ता गराएको छ । यसअघि नै एमालेले हरिकृष्ण व्यन्जकारलाई र माओवादीले दिनेश महर्जनर्को मेयर पदमा उम्मेदवारी दर्ता गराइसकेको छ । ललितपुर महानगरपालिकाका लागि उपमेयरमा गीता सत्यालको उम्मेदवारी दर्ता भएको छ ।


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाखअ । हटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा उम्मेदवारी दर्ता गराएपछि कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गर्ने भएका छन् । अब हेटौंडा नगरपालिकामा कांग्रेसले मेयरको उम्मेदवारी कायमै राख्नेछ । कांग्रेसका आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्नेछ । त्यसैगरी माओवादीका उपमेयरका उम्मेदवार बलराम बललाई कांग्रेसले सहयोग गर्नेछ । त्यसैगरी थाहा नगरपालिकामा पनि कांग्रेस र […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाखअ । माओवादी केन्द्र चितवनले भरतपुर महानगरपालिकाको मेयर पदमा प्रधानमन्त्रीपुत्री रेणु दाहालको मनोनयन दर्ता गराएको छ । उपमेयरमा सुरेन्द्र गुरुङको मनोनयन दर्ता भएको छ । रेणुको प्रस्तावकमा नारायण दाहाल र समर्थकमा सूर्य सुवेदी छन् भने गुरुङको प्रस्तावकमा ज्ञानु सुवेदी र समर्थकमा दण्डपाणी पौडेल छन् । माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु मनोनयन दर्ता गराउन भरतपुरस्थित पार्टी […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । लामो विवादपछि एमालेले काठमाडौं महानगरपालिकाको मेयरको टुंगो लगाएको छ । काठमाडौं महानगरबाट मेयरका लागि एमालेले विद्यासुन्दर शाक्यलाई उठाउने भएको छ भने उपमेयरको छिनोफानो हुन बाँकी रहेको एमाले स्रोतले जानकारी दिएको छ । यसका साथै एमालेले अन्य दशवटै नगरपालिकाको मेयरका उम्मेदवारको समेत टुंगो लगाएको छ ।



 

 

 

 

 

 

 


ताजा अपडेट