मुख्य समाचार
प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

रोल्पा, २१ वैशाख ।  रोल्पाको सदरमुकाम लिबाङबाट आज प्रहरीले नेकपासँग आवद्ध दुई जना कलाकारलाई  पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवम् जलजला सांस्कृतिक परिवार रोल्पाका अध्यक्ष हिमाल पुन र अर्का एक जना नाम नखुलेका व्यक्तिलाई सांस्कृतिक कार्यक्रम देखाउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । सोधपुछका लागि उनीहरुलाई […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

काठमाडौं, २१ वैशाख । वैशाख १७ गतेदेखि ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज ललितपुरको चक्रबहीमा  पु¥याइएको छ । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट अर्थात् वैशाख शुक्ल चतुर्थीका दिनदेखि ललितपुरको पुल्चोकबाट रथ तान्ने परम्परा छ  । रथ पहिलो दिन गाबहालसम्म पु¥याइएको थियो भने सोमबार […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

काठमाडौं, २१ वैशाख । भरतपुर महानगरपालिकाको मेयर पदमा प्रधानमन्त्रीपुत्री रेणु दाहालको जितलाई सुनिश्चित गराउन नेपाली कांग्रेस तथा माओवादी पार्टीका उच्च तहका नेताहरुबीच सहमति भएको छ । सोही सम्झौता बमोजिम कांग्रेसका उम्मेदवार दिनेश कोइरालाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मेयरका प्रत्याशी दिनेश कोइराला कृष्ण सिटौला पक्षधर मानिन्छन् । कोइरालाको उम्मेदवारी फिर्ता सँगै कृष्ण सिटौला पक्षधरहरुले […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

काठमाडौं,२१ वैशाख । कांग्रेस र माओवादी केन्द्रबीच ललितपुर उपमहानगरपालिकामा चुनावी तालमेलको प्रयास असफल भएको छ । ललितपुर उपमहानगरमा कांग्रेस र माओवादीबीच विहीबार अपरान्हसम्म पनि तालमेलको प्रयासमा सहमति नभएपछि दुवै पक्ष छुट्टाछुट्टै चुनावमा लड्ने भएका छन् । केन्द्रीय स्तरबाटै काठमाडौं, पोखरा र भरतपुरसमेत तीनवटा महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल गर्ने सहमति भएको छ । माओवादीले कांग्रेसलाई काठमाडौं […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । बिहीबार सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच आउँदो ३१ जेठका लागि निर्धाति दोस्रो चरणको निर्वाचन र त्यसअघि १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थालाई कसरी समायोजन गर्ने सम्बन्धमा छलफल भएको […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

काठमाडौं, २१ वैशाख । आफ्नो उम्मेदवारी मनोनयन फिर्ता लिन चाहने उम्मेदवारले आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले समय तोकेको छ । उक्त समयभित्र सम्बन्धित  स्थानीय तहमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिन आयोगले समयसीमा तोकेको हो । उम्मेदवारले पार्टीहरुबीच चुनावी तालमेल भएमा वा अन्य कारणले चुनावमा प्रतिस्पर्धा गर्न नचाहेमा उम्मेदवारी फिर्ता […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

काठमाडौं, २१ वैशाख । काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा नाम भए पनि वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनको मतदान कार्यमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी नहुने भएकी छन् । आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्न कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले राष्ट्रपतिले मतदान नगर्ने निर्णय गरेको उनका प्रेस सल्लाहकारले जानकारी […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

काठमाडौं, २१ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि  गृहमन्त्री पदबाट राजीनामा दिएका विमलेन्द्र निधि पुनः गृहमन्त्रीको रुपमा फर्कने भएका छन् । निर्वाचन सफल पार्नु पर्ने भन्दै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच बिहीबार विहान भएको छलफलमा प्रचण्ड र देउवाले राजीनामा फिर्ता लिइ काममा फर्कन निधिलाई आग्रह गरेका छन् । बुधबार राति […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

चितवन, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इलाका इन्चार्ज रघुवीर शर्मा, रामबहादुर लामा र रोशन कार्कीलाई मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्नेलगायत कार्य गरेको भन्दै पक्राउ […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

काठमाडौं, २१ वैशाख । स्थानीय तह निर्वाचनमा दर्जनौँ विद्यार्थी नेता उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्ममा विद्यार्थी नेताहरु उम्मेदवार बनेका छन् । ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्न पनि कतिपय विद्यार्थी नेताले लबिङ गरिरहेका छन् । माओवादी केन्द्रका तर्फबाट अनेरास्वविय क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने मेयरको उम्मेदवार बनेका छन् […]


प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार

काठमाडौं, २१ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदका लागि करिब ४४ हजारले मनोनयनपत्र दर्ता गरेको प्रारम्भिक तथ्य आएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनको पहिलो चरणको मतदान ३१ वैशाखमा हुँदैछ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ को ३४ जिल्लामा सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा सचिव टंकमणी शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । बुधवार साँझ बसेको परिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको हो । उमेर हदका कारण भानुप्रसाद आचार्य अवकाश भएपछि महालेखा परीक्षक लामो समयदेखि रिक्त छ । अर्थ मन्त्रालयको सहसचिवमा लामो अनुभव हासिल गरेका […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गरेको महाअभियोग प्रस्तावविरुद्ध कांग्रेस र माओवादी केन्द्रका सांसदले सर्वाेच्च अदालतमा दायर गरेको रिट आज दर्ता भएको छ । शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने महाअभियोग प्रस्ताव खारेज हुनुपर्ने माग गर्दै हिजो अधिवक्ता सुनिलरञ्जन सिंहले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । अधिवक्ता सिंहको रिट आज दर्ता गरिएको […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । वैशाख ३१ मा हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सरकारलाई सार्वजनिक बिदा दिन  प्रस्ताव गरेको छ । पहिलो चरणमा चुनाव तोकिएको ३ प्रदेशका ३४ जिल्लामा निर्वाचनको दिन वैशाख ३१ गते आइतबार बिदा दिन आयोगले सरकारलाई प्रस्ताव गरेको हो । यसका साथै आयोगले चुनावलाई मध्यनजर गर्दै वैशाख २५ देखि […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि बढेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै मुलुकमा राष्ट्रिय एकता बढेको दावी गरेका हुन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ३९औँ बैठकलाई सम्बोधन गर्दै उनले यही ३१ वैशाखमा हुने निर्वाचनमा जनताको उत्साहजनक सहभागिता बढेकाले मुलुक संविधान कार्यान्वयनको […]



 

 

 

 

 

 

 


ताजा अपडेट