काठमाडौं र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं,१९ वैशाख ।  एमाले र राप्रपाबीच  काठमाडौं र ललितपुर महानगरपालिकामा चुनावका लागि तालमेल गर्ने तयारी भएको छ ।

केहीबेरअघि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच  भएको छलफल सकेर  बाहिरिने क्रममा राप्रपा अध्यक्ष थापाले यसबारेमा छलफल जारी रहेको भन्दै छोटो प्रतिक्रिया दिए ।

अहिले एमाले दलको कार्यालयमा एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच  छलफल भइरहेको छ ।

दुवै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेदवारी दिन दुवै दलका नेताहरु सहमत भएको तर, उम्मेदवारको टुंगो लगाउन अझै केही घण्टा लाग्ने बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट