आइजिपी प्रकरण : आजका लागि दैनिक पेसी नै तोकिएन

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीको आइजिपी प्रकरणको मुद्दा सर्वोच्च अदालतले आजको पेसी सूचीबाट स्थगित गरेको छ । कायम मुकामय प्रधानन्यायाधीश गोपाल पराजुलीले सो मुद्दाको लागि आज दैनिक पेसी तोकेनन् । २९ चैतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लिखित जवाफ पेस गर्ने पक्षहरुलाई समेत म्याद गुजारे समय नदिने उल्लेख गरी दिन किटान गरी आदेश गरेका थिए ।

आइजिपी प्रकरणको आदेशलाई आधार मानेर प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग दर्ता भएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका गोपाल पराजुलीले मुद्दाको जिम्मेवारी कसलाई दिन्छन् भन्ने चासो बढेको थियो । तर, इजलास नतोकी पेसी स्थगित गरिएको हो ।

सर्वोच्चका प्रवक्ता मेहेन्द्र उपाध्यायले पेसी स्थगितसम्म आफूलाई जानकारी भए पनि कारण थाहा नभएको बताए । उनले भने ‘स्थगित भएको जानकारी छ, अरु किन भन्ने थाहा छैन ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट