कांग्रेसबाट काठमाडौंको मेयरमा राजुराज जोशी उठ्ने

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्गीलाई उठाउने भएको छ । जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् ।

काठमाडौंको मेयरका लागि कांग्रेसले स्वास्थ्यमन्त्री गगन थापा र उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई प्रस्ताव गरेको थियो । दुवैजनाले मेयर उम्मेदवार अस्वीकार गर्दै राजुराज जोशीलाई सहयोग गर्ने बताएका छन् ।

कांग्रेसले पोखरा महानगरको मेयरमा रामजी कुँवर र उपमयेरमा पत्रकार सरस्वती गुरुङलाई उठाउने निश्चित गरेको छ ।

यसैगरी, भरतपुर महानगरको मेयर पदमा दिनेश कोइराला र उपमेयर पदमा पारवती शाहको नाम टुंगो लगाएको छ ।

अन्य स्थानको उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय कार्यालयमा बैठक जारी छ । वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको समय आज पाँच बजेसम्म रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट