क्षमताभन्दा धेरै यात्रु बोकेको जिप दुर्घटना, तीनको मृत्यु

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

रुकुम, १५ वैशाख । आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग१ज २०६ नंको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्रहरीले आठबिसकोट नगरपालिका– १४ छेपारेबाट सोही ठाउँको चिसापानी जाँदै गरेको जिपमा क्षमताभन्दा धेरै यात्रु बोकेको र बाटो साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान  गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले आज अपराह्न भएको घटनामा चौरजहारी नगरपालिका– ८ का एकवर्षीय श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षीय कुमबहादुर बस्नेत र एक जना परिचय नखुलेकाको मृत्यु भएको बताए ।

केहीलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको र बाँकी घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भईरहेको बताइएको छ ।

प्रहरीले बेपत्ताको खोजी गरिरहेको र  फरार रहेको जिप चालकको खोजी भइरहेको  जनाएको छ । उन्नाइस यात्रु बोकेको जिप सडकभन्दा करिब १५० मि तल ठूलोभेरी नदीमा परेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट