सबैलाई समेटेर चुनावमा जाने कांग्रेसको निर्णय

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । कांग्रेसले सबै दललाई समेटेर चुनावमा जाने निर्णय गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज भएको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल एमाले तथा तराई/मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको हो । बैठक कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको थियो ।

कांग्रेसले आगामी ३१ वैशाखमा निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का ८० प्रतिशत गाउँपालिका एवं नगरपालिकाका उम्मेदवारको टुंगो लगाइसकेको छ । मुख्यसचिव पौडेलले टुंगो लागिसकेका उम्मेदवारहरुलाई ‘टिकट’ पठाइसकिएको र बाँकी स्थानीय तहमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली सोमबार बिहानसम्म तयार पार्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पूर्वपदाधिकारीको समेत उपस्थिति रहेको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट