अनिवार्य उपस्थिति र संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख ।  संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले ह्विप जारी गरेको छ ।

राप्रपा सांसद् सुशीलकुमार श्रेष्ठले संसदीय दलको बैठकपछि संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताउँदै अनिवार्य उपस्थिति र पक्षमा मतदान गर्न ह्विप जारी भएको बताए ।

यसअघि सरकारमा सहभागी भएसँगै अघिल्लो संशोधन प्रस्तावको विपक्षमा उभिएको राप्रपा संविधान संशोधनको दोस्रो विधेयकको पक्षमा उभिएको हो । संसद्को चौथो ठूलो शक्ति राप्रपाका ३७ सदस्य छन् ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संशोधनको पक्षमा मतदान गर्न र अनिवार्य उपस्थितिका लागि सांसद्लाई ह्विप जारी गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट