बानेश्वर क्षेत्रमा १७ घण्टा बत्ति आएन

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

काठमाडौं, १७ वैशाख । काठमडौं उपत्यकालाई लोडसेडिङमुक्त गरिएको घोषणा नेपाल विद्युत् प्राधीकरणले गरिसकेको छ । तर, मध्यबानेश्वर क्षेत्रका बासिन्दाले १७ घण्टासम्म अन्धकारमा बस्नु परेको छ । शनिबार दिउँसो ३ बजेदेखि नआएको बिजुली आइतबार बिहान सवा ९ बजे मात्र आएको थियो ।

बत्ति नहुँदा मध्यबानेश्वरसहित गौशाला, अनामनगर, घट्टेकुलो लगायत क्षेत्रका बासिन्दा मर्कामा परेका झाले बताए । आइतबार बिहान सवा नौ बजेपछि बिजुली आएको छ ।

धोबिखोला क्षेत्रमा भूमिगत केबुल लाइनमा सट भएर विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधीकरणको पुरानोबानेश्वर कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार हिजो बत्ती जानेबित्तिकै समस्या पत्ता लगाउन प्राविधिकसहितको कर्मचारी खटिएका थिए । ‘हिजो निरन्तर पानी परिरहेकाले बनाउन सकिएको थिएन । शनिबार बिहान सवा नौ बजेदेखि बिजुली चालु भएको छ,’ नेपाल विद्युत् प्राधीकरणको पुरानोबानेश्वर कार्यालयका एक कर्मचारीले भने ।

बिहान मर्मत गरिसकेर लाइन छाड्दा पिन पड्किएको थियो । त्यसलाई फेर्न थाल्दा केही समय लागेको उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट