एमालेले स्थायी समिति बैठक बोलायो

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

काठमाडौं, १८ वैशाख । एमालेले आज दिउँसो २ बजे स्थायी समितिको बैठक बोलाएको छ ।

प्रधानन्यायाधिस शुसिला कार्कीबिरुद्ध महाअभियोगको प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिबारे एमालेले छलफल गर्न धुम्बाराहीस्थित केन्द्रिय कार्यालयमा बोलाइएको छ ।

बैठकमा सत्तासाझेदार कंग्रेस र माओवादी केन्द्रले संसदमा आइतबार दर्ता भएको महाअभियोग प्रस्ताव, आसन्न स्थानीय तह निर्वाचन लगायत समसामयिक बिषयमा छलफल हुने जनाइएको छ ।

पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार दिउँसो १ बजे पार्टि कार्यालयमा कार्यक्रम गरी घोषणा पत्र र पहिलो चरणमा निर्वाचन हुने प्रदेशका उम्मेदवार सार्वजनिक गर्ने छ । एमालेले बिकासे आयोजनालाई प्राथमिकता दिदैं सामाजिक क्षेत्रको बिकासलाई केन्द्रमा राखी घोषणापत्र निर्माण गरेको छ ।

आज एमालेले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र र महानगर, उपमहानगरका उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट