दोस्रो चरणको निर्वाचनको मितिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

काठमाडौं, १० वैशाख । सिंहदरवारमा बिहान ११ बजे आन्दोलनरत मधेसी मोर्चा र सरकारबीच भएको सहमति अनुसार दोस्रो चरणको निर्वाचनको मितिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।

स्रोतका अनुसार बैठकले दलीय सहमति अनुसार दोस्रो चरणका लागि प्रस्तावित जेठ ३१ गतेको मितिबारे परामर्शका लागि निर्वाचन आयोगसमक्ष औपचारिक प्रस्ताव पठाउने निर्णय गर्ने छ ।

निर्वाचनको मिति घोषणा तथा हेरफेरमा निर्वाचन आयोग ऐन अनुसार सरकारले आयोगसँगको परामर्शमा गर्नुपर्ने व्यवस्था छ । दोस्रो चरणको निर्वाचनबारे सरकारले आयोगसँगको औपचारिक प्रक्रियाका लागि सो व्यवस्था अनुसार र राजनीतिक सहमति अनुसार प्रस्ताव पठाउन लागेको हो ।

शनिबार दुई चरणमा अर्थात पूर्व घोषित मिति वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा निर्वाचन गर्ने र बाँकी ४ वटा प्रदेशमा जेठ ३१ गते निर्वाचन गर्ने सत्तारुढ दल आन्दोलनरत मधेशी मोर्चाबीच निर्वाचन गर्ने सहमतिका साथै विचाराधीन संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने, र मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिने विषयमा समेत सहमति भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट