आजै डीआईजी सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख । डीआईजी नवराज सिलवाललाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

डीआईजी सिलवाललाई सोमबार प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको थियो ।

अधिवक्ता पूर्णप्रसाद राजवंशीले डीआईजी सिलवालको तर्फबाट आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै  बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहबरमा सिलवाललाई आजै रिहा गर्न प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले आदेश दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट