नयाँ राष्ट्रपतिका लागि फ्रान्समा पहिलो चरणको मतदान कार्य सुरु

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

पेरिस, १० वैशाख । आइतबार फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि पहिलो चरणको मतदान कार्य सुरु भएको छ ।

अहिले प्रतिष्पर्धामा रहेका ११ जना उम्मेदवारहरु मध्ये बढी मत ल्याउने २ जनाका बीचमा दोस्रो चरणको प्रतिष्पर्धा हुने बताइएको छ । कसैले पनि स्पष्ट बहुमत ल्याउने नदेखिएकाले दोस्रो चरणको मतदान मे ७ तारिखका दिन गर्ने यसअघि नै तय भईसकेको छ ।

अधिकारीहरुले निर्वाचनका लागि सबैतिर सुरक्षा व्यवस्था कडा पारिएको  बताउँदै करिब ५० हजार प्रहरी र ७ हजार सैनिक परिचालन गरिएको जनाइएको छ ।

न्याश्नल फ्रन्टकी नेतृ मारिने ले पेन र अर्का उम्मेदवार एम्मानुएल मैक्रोनबीच प्रतिष्पर्धा हुने विभिन्न सर्वेक्षणहरुले देखाएको छ ।

झण्डै ४ करोड ७० लाख नागरिकले मतदान गर्ने निर्वाचन स्थानीय समयअनुसार विहान ८ बजे देखि बेलुका ८ बजे सम्मका लागि समय निर्धारण गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट