जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन

वैशाख ३१ मा तीन प्रदेशमा मात्र चुनाव हुने

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

काठमाडौं, १० वैशाख । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्णय अनुसार अब प्रदेश नम्बर २, ४ र ६ मा पहिलो चरण अर्थात वैशाख ३१ गते चुनाव हुनेछ भने प्रदेश नम्बर १,२, ५ र ७ मा जेठ ३१ मा दोस्रो चरणको निर्वाचन हुनेछ ।

वैशाख १६ गतेदेखि सुरु हुने उम्मेदवार मनोनयन दर्तालगायतको निर्वाचन कार्यक्रम वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनलाई ध्यानमा राखी जति सकिन्छ सार्न सरकारले निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट