बाबुरामको पार्टी उपेन्द्रको चुनाव चिन्हबाट लड्ने

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

काठमाडौं, १२ बैशाख । स्थानीय तह चुनावमा र संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह ‘मलास’मै डा बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति पार्टी नेपालले चुनाव लड्ने भएको छ । चुनावअघि एकता प्रक्रिया नटुंगिएकोले यी दुई पार्टी मोर्चाबन्दी गर्ने भएका हुन् । अब डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिह्नमा लड्नेछ ।

यो चुनावी मोर्चाबन्दीमा अन्य दललाई पनि सामेल गर्ने प्रयास भइरहेको फोरम सअहध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘नयाँ शक्ति र हाम्रो कन्र्फम भइसक्यो । अरु ५–६ वटा दलसँग पनि कुराकानी भइरहेको छ ।’

नयाँ शक्ति पार्टीका एक नेताले पनि फोरमको चुनाव चिह्न मसाल लिएर चुनाव लड्ने तयारी भइरहेको स्वीकार गरे । ‘हामीले आफ्नो चुनाव चिन्ह नपाएपछि संघीय फोरमसँग मोर्चाबन्दी गर्न लागिएको हो’, उनले भने ।

शक्ति र संघीय समाजवादी फोरमले आजै निर्वाचन आयोगलाई पत्र लेखेर फोरमको चुनाव चिह्न मसालबाट चुनाव लड्ने जानकारी गराउने तयारी गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट