मोटरसाइकलले ठक्कर दिँदा पूर्व गृहसचिव सुवेदीको निधन

प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख । बाटो काट्ने क्रममा पैदल हिडिरहेका पूर्व गृहसचिव पदमराज सुवेदीलाई आइतबार अनामनगरमा मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार दिउँसो नर्भिक अस्पतालमा घाइते सुवेदीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको छ  ।

अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट